दफा १७
बन्धकी साहूको थैली कपाली हुने
(१) कुनै जग्गा बन्धकी लिई भोग गरिरहेको साहूले दफा ७ बमोजिम सो जग्गा भोग गर्न नपाउने भै असामीले फिर्ता पाउने भएमा सो फिर्ता पाउने भएको मितिदेखि त्यस्तो साहूको बन्धकी थैली कपाली हुनेछ ।
(२) दुई वा सो भन्दा बढी जग्गावालको जग्गा बन्धकी लिई भोग गरिरहेका साहूले दफा ७ बमोजिम त्यस्तो सबै जग्गा भोग गर्न नपाउने भएमा लिखतको मितिको हिसाबले अघिल्लो असामीको जग्गा फिर्ता गर्नु पर्नेछ र त्यस्तोमा उपदफा (१) मा लेखिएको कुरा समेत लागू हुनेछ ।